सुर्खेत । सवारी दुर्घटनामा परी गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्युभएको छ । सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गम्भीर घाइते कार्कीको नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाले जानकारी दिनुभयो ।

कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष निर्वाचत हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय