काठमाडौं । प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित हुनुभएको छ । प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्बन भएको जानकारी गराउनु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उहाँ भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बित भएका हुन् ।



टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उहाँहरुमाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।



