काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन राति खग्रास चन्द्रग्रहण लागेको छ । आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको ग्रहण मध्यरात १ बजेर ४१ मिनेटमा सकिएको थियो ।

साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिएको थियो । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्र ग्रहणले १० बजेर ११ मिनेटमा स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट मध्यरात १ बजेर ४१ मिनेटमा अन्त्य भएको थियो । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्र ग्रहण हो ।

यो ग्रहण नेपालबाट देखिने वि.सं. २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फागुन शुक्ल पूर्णिमाको दिनमा पनि खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय