सात केजी अवैध चाँदी सहित भारतीय नागरिक पक्राउ परेका छन् । काभ्रेको बनेपा नगरपालिका वडा नं ८ स्थित सिनाकालबाट सात केजी २ सय ग्राम अवैध चाँदी सहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
विहिबार बिहान ८ बजेको समयमा विरगंजबाट बनेपा आएको रात्री बसमा भारतको जिल्ला पूर्वि चम्पारण ग्राम पन्चायत नागटोल ६ घर भएका वर्ष २९ को अस्विनी सर्राफलाई सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हे।क्वा। काभ्रेबाट सशस्त्र प्रहरी उपरीक्षक अच्युत कुमार मजगैयाँको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको नेपाल नं.१५ गण हे.क्वा. काभ्रेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नन्द राज राईले जानकारी दिए ।



उनका अनुसार, उनको साथबाट चाँदि जस्तो देखिने सिक्का, मंगलसुत्र, गिलास, मालाको दाना, चुरा, पाउजु, ब्रास्लेट, विभिन्न साइजको सिक्री गरेर अन्दाजी ७ के.जि. २०० ग्राम अवैध चाँदी बरामद गरिएको हो ।
सर्राफलाई नियन्त्रणमा लिई बरामद भएको वस्तुलाई आवश्यक प्रक्रिया पु¥याई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाउने प्रक्रिया अघि बढाईएको सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हे.क्वा. काभ्रेले जनाएको छ ।



