काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएका छन्। बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णयलाई गलत ठहर गर्दै उनले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले भने, “सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गर्नुपर्छ।”

सर्वोच्च अदालतले अनिच्छित सामग्री रोकथाम, मूल्यांकन र अनुगमनका लागि कानुनी प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको भए पनि, त्यसको कार्यान्वयन गर्ने शैली सही नभएको उनको भनाइ छ।थापाले सामाजिक सञ्जाल बन्द गर्ने काम निर्देशिका मार्फत होइन, कानुनी प्रक्रिया मार्फत हुनुपर्नेमा जोड दिए। “सामाजिक सञ्जालसम्बन्धी कानुन राष्ट्रिय सभामा विचाराधीन छ। त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौं, बन्द गर्ने बाटो होइन,” उनले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय