काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका वडा नं. ७ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.–२ बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक संजाल मार्फत् सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको बुझिएको छ ।

पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोवाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय