काठमाडौं । ट्राफिक प्रहरीले प्रमुख प्रशानिक केन्द्र सिंहदरबारभित्र जथाभावी पार्किङ गर्ने सवारीसाधनमाथि कारबाही थालेको छ । सिंहदरबारभित्रका सडकपेटीसहित जथाभावी सवारीसाधन पार्किङ गरेको तस्बिरसहित समाचार प्रकाशित भएपछि ट्राफिक प्रहरीले कारबाही थालेको हो ।



सडकपेटीसहित अनाधिकृत पार्किङ गरेको सवारीसाधनमा ह्विल लक गरेर कारबाही थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘नियमको पालना गरौँ, पार्किङलाई व्यवस्थित बनाऔँ,’ भन्दै ट्राफिक कार्यालयको आधिकारिक फेसबुकमा पेजमा सिंहदरबारभित्रका सवारीसाधनमाथि कारबाही गरिएको तस्बिरसहित ‘सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूलाई ह्विल लक गरी आवश्यक कारबाही गरिएको उल्लेख गरेको छ ।



