काठमाडौं । भारतको उत्तरपूर्वी राज्य सिक्किममा बादल फाटिएर ठूलो बाढी आएको छ । बाढीमा कम्तीमा २३ भारतीय सेना बेपत्ता भएका छन् । राज्यको उत्तरी भागमा रहेको तालको माथिल्लो भागमा विस्फोट भएको हो । बिस्फोट पछि लाचेन उपत्यकाको टिस्टा नदीमा पानीको मात्रा डरलाग्दो रूपमा बढेको थियो । नजिकैको बाँधबाट थप पानी नदीमा छोडेपछि स्थिति झन् बिग्रिएको र सेनाका केही गाडीहरु खाल्डोमुनि डुबेको छ ।



उद्धारकर्मीहरुले तल्लो क्षेत्रबाट मानिसहरूलाई बाहिर निकाल्न थालेका छन् । उत्तरी क्षेत्रलाई राज्यको बाँकी भागसँग जोड्ने दुई वटा पुल बग्दा यातायात सेवा अबरुद्ध भएको छ । यद्धपी खोज र उद्धार अभियान सुरु भएको छ । हिमालय राज्य बर्षेनी बाढी र प्राकृतिक प्रकोपको जोखिममा छ।



