सिन्धुली । सिन्धुली जिल्लाकाे मध्यपहाडी लेकमार्ग अन्तर्गत खुर्काेट नजिकैबाट सीटीभीटीकाे विए ७४६७ नम्बरकाे जीप सुनकाेशी नदीमा खस्दा तीन जना वेपता भएका छन् ।राजधानी काठमाण्डाैंबाट खाेटाङ तर्फ जाँदै गरेकाे साे जीप मध्यपहाडी लाेकमार्गकाे ओरालाे सडकबाट अन्दाजी एक सय मिटर तल सुनकाेशी नदीमा खसेकाे स्थानीयले बताएका छन् ।




जीपका चालक भने फेला परेकाे छन् । उनकाे खुर्काेटस्थित अस्पतालमा उपचार भैरहेकाे छ । जीपसहित हराएका तीन जनामा सीटीभीटीका सहसचिव कृष्णबहादुर केसी, अर्का सहसचिव यमप्रसाद भुर्तेल र विधुत प्रशिक्षक भानु पाैडेल रहेकाे प्रहरीले जनाएकाे छ ।
घटनास्थलमा स्थानीय सुरक्षाकर्मीद्दारा उद्दार कार्य भैरहेकाे छ ।




