सिन्धुलीका एक युवालाई रोजगारीको प्रलोभनमा भारत लगेर मृगौला तस्करी गरिएको खुलासा भएको छ । घर फर्किएका तीयुवा अहिले गम्भीर शारीरिक अवस्थामै छन्। परिवार र स्थानीयबासीहरूले दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्।सिन्धुलीको दुधौली नगरपालिका–१, राँगेका ३४ वर्षीय खिलबहादुर भुजेल रोजगारीको खोजीमा पोखरा पुगेका थिए। चिनजान भएका एक व्यक्तिले उनलाई होटलमा राम्रो काम दिलाइदिने भन्दै भारत लगे। केहीदिन होटलमा काम गराएपनि, त्यसपछि अचानक उनी बेहोस भए, होश खुल्दाउ नीपेटमा शलल्यक्रियाको डामसहित नेपालकै कलंकी चोकमा फेला परे ।

“एक्कासी के भयो थाहा भएन, होश खुल्दा नेपालमा थिएँ। अहिले पनि शरीर दुखिरहेको छ, अस्पतालले पनि एउटा मात्रै मृगौला छ भन्यो।”पिडित भुजेलले बन्नु भयो । सिन्धुली कै दुधौली नगरपालिकामा रहेको स्थनिय अस्पताल समिट माउन्टेन अस्पताल डकाहाका चिकित्सकले जाँचगर्दा भुजेलको शरीरमा एउटा मात्रै मृगौला रहेको पुष्टि भएको हो।
पीडित र उनका आफन्तहरू यो सबै मृगौला तस्करीको योजना अन्तर्गत भएको दाबीगर्दै न्याएको याचना गरेपनि उनलाई भारत लैजाने व्यक्तिको हो पनि थाहा नभएको कारण छानविन गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । यो घटनाले नेपाली युवाहरूलाई रोजगारीको नाउँमा विदेशीभूमिमा लगेर अंग तस्करी गर्ने गिरोह अझै सक्रिय रहेको संकेत दिएको छ। पीडित परिवार र स्थानीयबासीहरूले दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई तत्काल माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय