सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा आज साँझ सशस्त्र लुटपाट भएको छ। स्थानीय समयअनुसार राति करिब ७:४५ बजे लुटेराहरूले योजनाबद्ध रूपमा बैंक लुटेका हुन्।स्थानीयका अनुसार लुटेराहरू बैंकबाट बोरामा पैसा भरेर फरार भएका छन्। लुटपाटपछि प्रयोग गरिएको गाडी घटनास्थलबाट करिब तीन किलोमिटर टाढा फेला परेको पूर्व वडा अध्यक्ष रामकाजी वाइबाले बताएका छन्। अझ सनसनीपूर्ण कुरा, स्थानीयले नजिकैको जंगल क्षेत्रमा एक बोरा पैसा समेत फेला पारेको बताएका छन्, जसले लुटपाटको गम्भीरता झनै उजागर गरेको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ भने एसपी लालध्वज सुवेदी पनि घटनास्थलतर्फ प्रस्थान गरेका छन्।हाल प्रहरी र स्थानीय बासिन्दाले जंगल तथा आसपासका क्षेत्रमा लुटेराको व्यापक खोजी कार्य जारी राखेका छन्। बैंकबाट कति रकम लुटिएको हो भन्ने आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय