सिरियाको दमास्कसको एक मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा ६ जनाको मृत्युभएको छ भने २० जना घाइते भएका छन् ।
सिया मुस्लिमले मनाउने आसुराको अघिल्लो दिन उक्त घटना भएको हो । सिरियामा सिया मुस्लिम सबैभन्दा बढी भीड हुने शैयदा जैनाब मस्जिद अगाडि रोकेर राखिएको ट्याक्सीमा विस्फोट भएको थियो ।



राष्ट्रपति बसार अल असादको मुख्य सहयोगी इरानी मिलिसिया समूहका लडाकुहरु रहेको स्थान नजिकै विस्फोट भएको सिरियाको गृह मन्त्रालयले जनाएको छ ।



