सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि त्यसैअनुसार आजदेखि मूल्य समायोजन गरिएको महासंघका अध्यक्ष अर्जुन रसायलीले बताउनुभयो । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेको हो ।

भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले भन्सार दर घटाउने निर्णय भएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताउनुभयो । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो । उता भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय