काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा २ हजार एक रुपैयाँले बढेर छापावाल सुन १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३ सय २० रुपैयाँ कायम भएको थियो ।



