काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा बृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार प्रतितोला दुई लाख पाँच हजार तीन सयमा कारोबार भएकोमा आज प्रतितोला छ सय रुपैयाँले बढेको हो । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।






