नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका छन् । उनीहरुलाई काठमाडौँका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई जना भने नेपालबाट चीन जान लागेका बेला पक्राउ परेका हुन । पक्राउ परेका सबैलाई म्याद थप गरेर अनुसन्धान थालिने प्रहरीले जनाएको छ । विमानस्थल सुन प्रकरणमा प्रहरीले हालसम्म विस जना भन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ । तिमध्ये केहीलाई भने सोधपुछपछि रिहा गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरवाट साउन ३ गते सुन बरामद भएपछि त्यसबारेमा प्रहरीले छानविन तथा अनुसन्धान गरिरहेको छ । बरामद सुन एक सय किलो हुने अनुमान गरिएपनि हिजो गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय