सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन वडाध्यक्ष प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले प्रसाशकिय अधिकृत राजेन्द्र भण्डारी र लेखापाल जीवन सुवेदी र वडा नम्बर दुईका तत्कालिन वडाध्यक्ष रमेश कुमार बस्नेत, विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडाध्यक्ष बस्नेतले वडाको भवन निर्माणको लागि जग्गा निशुल्क दान भएको जग्गाको ६ लाख रुपैया भुक्तानी लिएको अख्तियारको दावी छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीले उक्त दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्ठा ब्यहोरा उल्लेख गरी भुक्तानी दिएको अख्तियारको दाबी छ ।बस्नेत, भण्डारी र सुवेदीले भ्रष्टाचार निवारण ऐन अनुसार सजाय गरी उल्लिखित बिगोसमेत असुल उपरको मागदाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय