काठमाडौं । यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार देखि सुरु हुँदैछ । असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ ।
आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।



यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ ।
१६ श्राद्धमा बुबातर्फका तीन र आमातर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ ।
कुन तिथिको श्राद्ध कहिले ?
२ गते बुधबार– प्रतिपदा श्राद्ध
३ गते बिहीबार– द्वीतिया श्राद्ध
४ गते शुक्रबार– तृतीया श्राद्ध
५ गते शनिबार– चतुर्थी श्राद्ध
६ गते आइतबार– पञ्चमी श्राद्ध
७ गते सोमबार– षष्ठी श्राद्ध
८ गते मंगलबार– सप्तमी श्राद्ध
९ गते बुधबार– अष्टमी श्राद्ध
१० गते बिहीबार– नवमी श्राद्ध
११ गते शुक्रबार– दशमी श्राद्ध
१२ गते शनिबार– एकादशी श्राद्ध
१३ गते आइतबार– द्वादशी श्राद्ध
१४ गते सोमबार– त्रयोदशी श्राद्ध
१५ गते मंगलबार– चतुर्दशी श्राद्ध
१६ गते बुधबार– औँसी श्राद्ध
यो वर्षको मघा श्राद्ध १३ गते आइतबार द्वादशीका दिन परेकोले मावलीका हजुरबुबाको श्राद्ध गर्ने दिन आश्विन शुक्ल प्रतिपदा १७ गते परेको छ ।



