काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुनेछ ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार १ सय ४६ मतदाता रहेका छन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत नआए सहमतिबाट चयन हुने व्यवस्था छ ।



विश्वविद्यालय क्याम्पसमा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ बाट मतदान गरिने भएको छ । स्ववियु निर्वाचनको अन्तिम समयमा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो संगठनले माग गरेको छ ।
यसैबीच अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको छ ।



