काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले संघ, संगठन र समूह दर्ता गरी निर्वाचन प्रक्रिया सुरु गरेको हो ।

फागुन २१ गते बिहान १० बजे मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीउपर दाबी विरोध, सोही दिन बेलुकी ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । २६ गते मनोनयनपत्र वितरण, २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता, २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

यस्तै, २९ गते दिउँसो १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गरिने छ । उम्मेदवारले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मलाई तोकिएको छ ।

त्यसपछि मौन अवधि सुरू हुनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय