नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत् जेनजी आन्दोलनका घाईतेहरुसँगको भेटपछि स्वास्थ्यमन्त्री गौतमले निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै पक्षको ध्यानाकर्षण गराउनु भयो । मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको बताउनुभयो ।

यसअघि मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो । मन्त्री गौतमले जेनजी आन्दोलनका शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र भ्रष्टाचार नियन्त्रण, सुशासन कायम हुनुपर्नेलगायत जेनजीका मागलाई बिर्सन नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय