हङकङ – हङकङको ताई पो जिल्लास्थित वाङ फुक कोर्ट आवासीय भवनमा भीषण आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने २७९ जनासँग सम्पर्क हुन सकेको छैन। आगलागी स्थानीय समयअनुसार बुधबार बिहान २ बजेर ५१ मिनेट जाँदा सुरु भएको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार घटनामा परी ४५ जना गम्भीर घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हङकङ अग्निशमन विभागले घटनालाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ, जुन त्यहाँको सबैभन्दा गम्भीर श्रेणीको आगलागी मानिन्छ।

प्रारम्भिक जानकारी अनुसार भवनमा मर्मतसम्भारका क्रममा जडान गरिएको बाँसको स्क्याफोल्डिङ र प्लास्टिक जालीमा आगो फैलिएपछि घटना झनै भयावह बनेको हो। आगो नियन्त्रणमा लिन सयौँ अग्निशमनकर्मी र दर्जनौँ दमकल परिचालन गरिएको थियो। सरकारले घटनाको छानबिनका लागि विशेष समिति गठन गरेको छ भने सुरक्षाका मापदण्ड उल्लङ्घन भएको आशङ्कामा केही व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। हङकङमा विगत १७ वर्षयताको सबैभन्दा ठूलो आगलागीको घटनाका रूपमा यसलाई लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय