काठमाडौं । हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
पपुवा न्युगिनी, हङकङ र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा पीएनजीसँग नेपाल फाइनलमा पराजित हुन पुगेको थियो ।



आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दासलगायतले स्वागत गर्नुभएको थियो ।



