काठमाडौं । नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ । मैत्रीपूर्ण टी–२० क्रिकेटमा हङकङको मोङ ककमा भएको खेलमा नेपाले २ सय १३ रनको विशाल लक्ष्य पाएको नेपाल २० बल छँदै १ सय ३९ रनमा समेटिन पुग्यो ।
नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ४२, आरिफ शेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । सिरिजको पहिलो दिन आइतबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै फागुन २९ गते दोस्रो खेल पपुवान्यूगिनीसँग खेल्ने छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।



नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि हङकङ पुगेको क्यानले जनाएको छ ।



