सिन्धुली — हरिहरपुरगढी गाउँपालिका–४ लाकुडाकी एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्नुअघि बाटोमै बच्चा जन्माउनुपरेको छ ।



महिला सुत्केरी हुन लागेको सूचना प्राप्त भएलगत्तै महेन्द्रझ्याडी स्वास्थ्यचौकीका नर्सिङ कर्मचारीको टोली घटनास्थल पुगेको थियो । तत्कालै आवश्यक स्वास्थ्य उपचारसहित सालनाल काटी आमा र नवजात शिशुलाई एम्बुलेन्समार्फत महेन्द्रझ्याडी स्वास्थ्यचौकी ल्याइएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
हाल आमा र बच्चा दुबैजनाको स्वास्थ्य अवस्था सामान्य र सुरक्षित रहेको स्वास्थ्य चौकीले जनाएको छ ।



