काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मंगलबारदेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिका कारण मंगलबारबाट बन्द गरिएका हवाई उडानलाई आज बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णयानुसार पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो ।

हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय