काठमाडौं । चन्द्रागिरि नगरपालिका ५ र ७ स्थित हाईभिजन कोलोनी समाजले ज्येष्ठ नागरिक तथा एसईई परीक्षा २०८१ मा उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । समाजका अध्यक्ष ताराबहादुर केसीले ज्येष्ठ नागरिलाई समाजले केही गर्न नसके पनि सम्मान गर्न पाउँदा खुशी लागेको व्यक्त गर्नुभयो ।

अध्यक्ष केसीले समाज जति नै परिवर्तन भएपनि ज्येष्ठ नागरिकको सल्लाह र सुझाव विना अपुरो नै हुने बताउनु भयो । उहाँले एसईई परीक्षा उत्तिर्ण भएका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले पहिले आफुहरुको समयमा एसएलसी परीक्षा फलामको ढोका भनिने गरेपनि समयको क्रमसँगै नाम मात्र परिवर्तन भएको भन्दै विद्यार्थीहरुको लागि जीवनको पहिलो सफलताको सिढी भएको दाबी गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष केसीले हाईभिजनमा धेरै ठाउँबाट बसाईसराई गरी व्यक्तिहरु आएको र बसाई सराई नभएका व्यक्तिहरुलाई पनि बसाई सराई गरी यहाँको सेवा सुविधा लिन आग्रह गर्नुभयो । उहाँले हाईभिजनमा अहिले हाईभिजन कोलोनी समाज र महिला समूह गठन भइसकेको र अब ज्येष्ठ नागरिक समाज गठनको तयारी भइरहेको समेत जानकारी गराउनु भयो । उहाँले समाजले विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएको र अब छिट्टै स्वास्थ्य शिविरको कार्यक्रम राख्ने पनि बताउनु भयो ।

हाईभिजन कोलोनी समाजका संरक्षक दिलबहादुर थापा मगरले ७ प्रदेश ७७ जिल्लाका बासिन्दाको मिश्रीत बस्ति हाईभिजन भएको बताउनु भयो । उहाँले देशभरकै भाषा, धर्म, सस्कृति हाइभिजन कोलोनीमा रहेकोले यो समाज एउटा फुलबारी भएको दाबी गर्नुभयो । हाईभिजन कोलोनीमा बस्ने सबै व्यक्तिहरुले आफ्ना आमाबुबाहरुलाई सम्मान र आदर गर्नुहुनेछ भन्नेमा आफु आशावादी समेत रहेको उल्लेख गर्नुभयो । उहाँले शब्य र समृद्ध समाजको लागि सबै एक भएर अघि बढ्न सुझाव समेत दिनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक हरिबहादुर न्यौपानेले विभिन्न ठाउँबाट आएका व्यक्तिहरुलाई समाजले एकताबद्ध बनाएर सबैको दुःख, पीर, मर्कालाई आत्मसाथ गर्दै अघि बढेकोमा प्रशंसा गर्नुभयो । उहाँले समाजले अहिलेका यूवा पुस्तालाई पनि समाजको परिवेशमा घुलमिल हुने वातावरण बनाई अघि बढ्नुपर्ने सुझाव समेत दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय