राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन । आज काठमाडौंमा पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन । अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए ।

अध्यक्ष थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताए। अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उनको भनाई छ । अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रुपमा कमजोर भएको दाबी समेत गरे । अझैपनि स्थानीय तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरु पनि अपेक्षाकृत रुपमा सक्रिय हुन नसकेको गुनासो उनको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय