गृह मन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक भएको घटनाप्रति गम्भीरता देखाउँदै अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ। भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरीलाई निर्देशन दिएको बताउनुभयो। अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा आगामी कदम चालिने उहाँको भनाइ छ।

मन्त्री लेखकले यो घटनालाई गम्भीरता दिएर छानबिन भइरहेको जनाउँदै अपराधका घटनाहरूमा कानुनी प्रक्रिया अनुसार सम्बद्ध क्षेत्रमा अनुसन्धान हुने स्पष्ट पार्नुभयो। सहकारी ठगी प्रकरणसँग जोडिएको विषयलाई लक्षित गर्दै उहाँले कानुन सबैका लागि समान रहेको धारणा राख्नुभयो।

अन्य राजनीतिक विषयमा बोल्दै मन्त्री लेखकले हाल सरकार र मन्त्रीपरिषद्मा कुनै फेरबदल नहुने बताउनुभयो। उहाँका अनुसार हालको राजनीतिक समीकरण आगामी २०८४ सालको निर्वाचनसम्म स्थिर रहनेछ। नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार सरकार अघि बढ्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय