अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुनप्रसाद सापकोटासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले केन्द्रमा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेर हानि नोक्सानी पुर्‍याउने सापकोटासहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । जसबाट ३१ लाख १७ हजार ८९ रूपैयाँ बराबरको रकम डा। सापकोटासहितले आफू तथा अन्य प्रतिवादीलाई गैरकानूनी लाभ र बागमती प्रदेश सरकाररसार्वजनिक संस्थाको हानी पुर्‍याएको अख्तियारले जनाएको छ ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा। सापकोटा, तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीलाई प्रतिवादी बनाइएको छ । त्यसैगरी, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाका तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की, आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठलाई समेत प्रतिवादी बनाइएको छ । स्वास्थ्य संस्थामा कोभिड-१९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्थापन ९स्वास्थ्य सामाग्री०को लागि विनियोजित भएको २ करोड बजेटबाट १३ वटा स्वास्थ्य सामाग्री खरिदका लागि भएको टेन्डरमा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत नगरी बढी कबोल गर्नेलाई दिलाइएको उनीहरूमाथि आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय