काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेजनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।
थप विववरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।






