काठमाडौं । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा ६ सय कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेपछि १२ दिनदेखि राजमार्गमा ६ सय कन्टेनर रोकिएका हुन् ।
राजमार्गमा करिब २ किलोमिटर क्षेत्र पहिरो गएपछि पहिरो पन्छाउन नसक्दा सागसब्जी र फलफूल बोकेका सवारी साधनमात्र नभई पैदल हिँड्न समेत कठिन भईरहेको छ ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिए पनि सरकार पहिरो पन्छाउन उद्दारसिन रहेको भन्दै गुनासो गर्नुभयो ।



चरिकोटस्थित सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र रोकिना साथ बाटो खुलाउन पहल गरिने उल्लेख गर्नुभयो ।



