काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा मात्र २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँ राजस्व संकलन गरेका छन् । घर जग्गाको कारोबारमा अपेक्षितरूपमा सुधार आउन नसक्दा राजश्व संकलनमा कमी आएको हो ।
असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो । असोजमा तीन अर्ब ८ करोड १२ लाख ४१ हजार ४ सय ८१ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८ सय ५८ राजस्व उठाएको जनाएको छ ।



मुलुकभर १३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार ४६६ बराबरको सेवा कर उठाएको छ ।
यस्तै रजिष्ट्रेशन शुल्क एक अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१ रुपैयाँ, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० संकलन गरेको छ ।
विभागले गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५, भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार १ सय ५२ रुपैयाँ बराबरको राजस्व संकलन भएको जनाएको छ ।



