असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ–पर्वज जोड्ने मालढुङ्गाको पुलमा क्षति पु¥यायो । पुलको पर्वत पट्टी पहँच मार्ग बाढीले बगाउँदा १५ दिनदेखि यातायात ठप्प भएको थियो । पुल संचालन नहुँदा बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका दर्जनौ जिल्ला प्रभावित भए ।सोमबार पुलको पहुँच मार्ग निर्माण भएपछि यातायात संचालनमा आएको छ । दसैँको बेलामा मुख्य पुलनै बन्द हुँदा हजारौँ नागरिकले सास्ती खेप्नु परेको थियो भने बागुङ बजारमा महङ्गी बढेको थियो । सडक डिभिजन कार्यालय पोखराको प्राबिधिक टोलीसहित दर्जनौँ कामदारले चौबिसै घण्टा काम गरेपछि सोमबार विहान १० बजेदेखि पुल संचालनमा आएको हो ।

पुल संचालनका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत खेटिएको थियो । चाडबाडका बेला यातायात बन्द हुँदा बागलुङको व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको थियो । मालढुङ्गाकै पुल हुँदै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटन घुम्न जाने पर्यटकहरु पनि आउन सकेका थिएन । आइतबार घटस्थापनाका दिन बागलुङ कालिकामा आउन भक्तजनको चहलपहल पनि खास्सै हुन सकेन ।

विगतका वर्षमा घटस्थापना दिन मात्रै १० हजारबढी भक्तजन आउने गरेका थिए । तर यस वर्ष दुई हजारसमेत पुग्न मुस्किल प¥यो । बाढी पहिरो र मालढुंगा पुल भत्केपछि मन्दिर आउनेहरु घटेका हुन् । पोखरा र पर्वतदेखि सिधा यातायात ठप्प थियो । अत्यावश्यक सेवाका सामान समेत ढुवानी भएको छैन । मालढुंगादेखि मुस्ताङ सडक अझै सञ्चालन नभएकोले यो पटक मुक्तिनाथ र कागबेनीमा श्राद्व गर्न जाने भक्तजन नभएकोले कालीका मन्दिर सुनसान भएको हो ।

सामेबार पुल संचालनमा आएपछि स्थानीय व्यवसायी उत्साहित भएका छन् । बाढी पहिरोका कारण एक महिनादेखि सुस्ता एका बागलुङका होटल व्यवसायसमेत पुल ठप्प हुँदा चलायमान हुन सकेनन् । बागलुङ भित्रिने मुख्य पुलनै बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको थियो । अब बिस्तारै पुरानै अवस्था फर्किने अपेक्षा लिइएको छ । मालढुङ्गा पुल राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र चिन–भारत जोड्ने कालीगण्डकी कोरिडोरको मुख्य केन्द्र हो । यही पुल हुँदै दुई वटा राजमार्गमा यात्रुले यात्रा गर्दै आएका छन् । काम सुरु भएको करिब १२ दिनमा संचालनमा आएको छ । सडक डिभिजन कार्यालय पोखराले सबैको साथ र सहयोगले काम समयमै सक्न सफल भएको जनाएको छ ।

पुल बन्द भएपछि वैकल्पिक मार्गमार्फत बागलुङमा सामान ढुवाने हुने गरेको थियो । पर्वत जिल्लाको फलेवास हुँदै बलेवा भएर बागलुङ र मालढुङ्गा–बेनी हुँदै बागलुङमा यात्रुबाहक बस तथा साना ढुवानीका ट्रकहरु सञ्चालनमा आएका थिए । लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा थप समय र खर्च लाग्ने भएकाले सामानको मूल्यसमेत बढेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय