काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले १७ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको खेल तालिका सार्वजनिक गरेको छ ।

आगामी असोज ४ गतेदेखि १४ गतेसम्म भुटानमा हुने च्याम्पियनसीपको उदघाटन खेलमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेभएको छ । दोस्रो खेल असोज ५ गते नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सार्क क्षेत्रका ७ टोलीको सहभागिता रहेको छ । समूह ए मा साविक विजेता भारतसँगै माल्दिभ्स र बंगलादेश रहेको छ भने समूह बी मा नेपाल र पाकिस्तानसँगै आयोजक भुटान र श्रीलंका रहेको छ ।

समूह चरणका खेलपछि दुबै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमीफाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय