काठमाडौं । गृह मन्त्रालय मातहत गठित एक कार्यदलद्वारा प्रस्तुत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिए अनुसार २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले मन्त्रिपरिषद्बाट पठाइएको प्रस्तावमा आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृह मन्त्रालयले जनाएको छ । सेवाग्राहीको हैरानी अन्त्य गर्ने उद्देश्यसहित उक्त प्रस्ताव गरिएको हो ।

गृहमन्त्री रमेश लेखकले आन्तरिक स्रोत व्यवस्थापन गरेर तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थप गर्नुपर्नेमा जोड दिनुभएको छ । गृह मन्त्रालय तथा मातहतका निकायहरूको संगठन संरचना, दरबन्दी हेरफेर गर्न र नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले गत पुसमा सचिवस्तरको निर्णय गरी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन’ पेस गर्न गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय