काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइतमा नेपालको लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत उत्तम छ । भारतको दिल्लीका लागि १२ अक्टोबर बिहान ११ः४२ बजेका लागि हुनेछ ।

यस्तै अमेरिकाको न्यूयोर्कमा १२ अक्टोबर बिहान १०ः०१, टेक्सासमा बिहान १०ः०५, वासिङ्टन डीसीमा ०९ः५५ र क्यालिफोर्नियाका लागि बिहान ०९ः३९ बजेको समय उत्तम रहेको समितिले जनाएको छ ।

यसैगरी क्यानडाको टोरन्टोका लागि बिहान १०ः१५ र भ्यानकुभर, पोर्चुगलको लिस्बनका लागि बिहान १०ः२४, बेलायतको लण्डनका लागि बिहान १०ः२१, फ्रान्सको पेरिसका लागि बिहान १०ः२३, नर्वेको आस्लोका लागि बिहान १०ः१९, मलेसियाको क्वालालम्पुरका लागि बिहान ११ः५७, युनाइटेड अरब इमिरेट्सको अबुधावीका लागि ११ः४५, कतारको दोहाका लागि बिहान ११ः०५ र थाइल्याण्डको बैंककका लागि बिहान ११ः२१ बजे उत्तम साइत छ ।

यस्तै साउदी अरेबियाका लागि बिहान ११ः२३, म्यानमारका लागि बिहान ११ः२१, स्वीट्जरल्याण्डको जेनेभामा बिहान ११ः५५ र माल्टामा बिहान १०ः४५ बजे उत्तम साइत रहेको छ ।

यस्तै अन्य केही देशमा रहेका नेपालीका लागि विजयदशमीको टीकाको साइत अक्टोबर १३ मा निकालिएको छ । जापानको टोकियोका लागि अक्टोबर १३ बिहान ११ः३५, अष्ट्रेलियाको सिड्नीका लागि ११ः२१, मेलबर्नका लागि ११ः२७, ब्रिसवेनका लागि ११ः२९, क्याबेराका लागि ११ः१५, न्यूजिल्याण्डको वेलिङ्टनका लागि १ः२५ बजेको साइत उत्तम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय