काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठामडौंको टोलीले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको उक्त सुन बरामद गरेको हो ।
सुन बोक्न प्रयोग गरिएका ट्याक्सी चालक पक्राउ परेपछि उनको विवरण खुलाइएको छैन । उक्त सुन बुझ्न गएका व्यक्ति भने भाग्न सफल भएको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।



यस अघि गत साउन तीन गते विमानस्थलबाट जाँचपास भएर बाहिरी सकेको अवैध सुन राजस्व विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो ।



