कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ८४ को निर्वाचनमा कांग्रेस र एमालेलाई मिलेर लड्न आग्रह गर्नुभएको छ ।
पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले माओवादी ८४ को निर्वाचनमा एक्लै जनतामा जाने र जनताको विश्वासमा बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले उत्पीडित वर्ग र जातिका अधिकारलाई सकेको जति संविधानमा लिपिबद्ध गरेको र गर्न नसकेका कुरामा भिन्न मत लेखेको बताउनु भयो ।



दाहालले माओवादीले बीचमा वर्ग, समुदाय र आफ्ना मुद्दाहरू कमजोर गरी समाउँदा माओवादी केही कमजोर जस्तो देखिएकोले अबका दिनमा एकताबद्ध भएर पहिचान र अधिकारको मुद्दालाई कहिल्यै पनि नछाडेको दाबी गर्नुभयो ।



