अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई नै घुस खुवाउन खोज्ने प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।सापकोटा अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा अनियमिततासम्बन्धी अनुसन्धानका लागि आयोगको कञ्चनपुर कार्यालयमा बोलाइएको थियो। अनुसन्धान अधिकृतको कार्यकक्षमा उनले कागजातसहित एक लाख रुपैयाँ खाममा राखेर दिएका थिए। आयोगले उनलाई घुससहित नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।

सापकोटा पछिल्लो समय नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत थिए। उनीमाथि खरिद कार्यमा भएको भ्रष्टाचार र अन्य अनियमिततासम्बन्धी मुद्दा अघि नबढाउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न घुस दिएको आरोप छ। आयोगले भने सापकोटाको अन्य अनियमिततासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ। यो प्रकरणले सरकारी पदको दुरुपयोग र भ्रष्टाचार नियन्त्रणको आवश्यकतालाई थप उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय