भारतीय भूपू सैनिक संघ गोर्खा ब्रिगेड नेपाल, पोखराले नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्ने प्रक्रिया पुनः सुरु गर्न नेपाल सरकारसँग माग गरेको छ । बुधबार पोखरामा प्रर्दशन गर्दै संघले प्रधानमन्त्री बालेन्द्र शाहलाई जिल्ला प्रशासन कार्यालय कास्की मार्फत ज्ञापन पत्र बुझाएको छ । सन् २०२२ जुनदेखि रोकिएको नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया पुनः सुरु गर्न पहल गरिदिन माग गरेका छन् ।

भारतले सन् २०२२ मा अग्निपथ योजना लागू गरेपछि नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया रोकिएको हो । लामो समयदेखि नेपाली युवाले भारतीय सेनामा सेवा गर्दै आएको उल्लेख गर्दै संघले भर्ती प्रक्रिया रोकिँदा रोजगारीको अवसरबाट नेपाली युवा वञ्चित भएको जनाएको छ ।

अग्निपथ योजनाअन्तर्गत १७.५ देखि २१ वर्ष उमेर समूहका युवालाई ‘अग्निवीर’का रूपमा भर्ती गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ । चार वर्षको सेवापछि उत्कृष्ट प्रदर्शनका आधारमा २५ प्रतिशतलाई स्थायी सैनिकका रूपमा राखिने र बाँकीलाई विभिन्न सुविधा तथा एकमुष्ट रकमसहित सेवाबाट बिदा गरिने व्यवस्था रहेको संघले जनाएको छ ।चार वर्षको अवधिमा अग्निवीरले विभिन्न सुविधा तथा आम्दानीबाट करिब ४५ देखि ५० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्ने उल्लेख गर्दै यसले नेपाली युवाको रोजगारी र आर्थिक अवस्थालाई समेत सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय