अछाम जिल्लामा बाख्रा चराउन गएका दुई किशोरीहरूको शव फेला परेको घटनामा प्रहरीले हत्या भएको पुष्टि गरेको छ। १५ देखि १६ वर्षका दुबै किशोरीहरूको मृत्यु प्रेम सम्बन्धको कारणले भएको बताइएको छ।
प्रहरीका अनुसार, किशोरीहरू प्रेम सम्बन्धमा थिए र जब उनीहरूको प्रेमीहरूले शारीरिक सम्बन्धको प्रस्ताव गरे, तिनीहरूले अस्वीकार गरे। यसपछि एक युवकले आफ्नी प्रेमिकालाई ढुंगाले हानेर सरस्वती नामकी युवतीको हत्या गरेको थियो। सरस्वतीको हत्या देखेर संगै रहेकी अर्की युवती, इसाराले उक्त घटना परिवारलाई जानकारी दिने धम्की दिएपछि उनलाई पनि ढुंगाले हानी हत्या गरिएको छ।



हत्यापछि फरार रहेका युवाहरूलाई प्रहरीले पक्राउ गरी म्याद थप अनुसन्धान गरिरहेको जनाएको छ। उक्त घटनाको अनुसन्धान केन्द्रिय अनुसन्धान ब्यूरो, सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी, कञ्चनपुर प्रहरी कार्यालय र जिल्लास्तरीय प्रहरी टोलीले मिलेर गरेका थिए।



