नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गएराति भेटवार्ता भएको छ । गएराति १० बजे प्रधानमन्त्री दाहाललाई भेट्न देउवा कांग्रेस नेताहरु सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन । प्रधानमन्त्री दाहाल र देउवा लगायत नेताबीच झण्डै १ घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सत्य निरुपण तथा बेपत्ता छानविन विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको बताइएको छ । दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्री दाहालबीच छलफल भएपनि राति पुन दुई दलका विच छलफल भएको हो । गठबन्धनले प्रदेश सरकार हेरफेर गर्न लागेकै समयमा दुई नेताविच भएको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय