सिरहा – अनुचित लेनदेन (मिटर ब्याज)को फागुन मसान्त सम्म ५ सय ४ जनाको उजुरी मिलापत्र, सहमति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । २०८० साल वैशाख १७ गते देखि जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी लिने काम शुरु गरिएकोमा ३ हजार ८ सय ४२ वटा उजुरीहरू दर्ता भएको थियो ।

त्यसमध्ये १७ सय ५८ उजुरीमा छलफल भएको मध्ये ५ सय ४ उजुरी मिलापत्र भएको छ । त्यसमा १९ करोड ५० लाख ५० हजार ८ सय ५४ रकम ऋणीले धनीलाई फिर्ता गर्ने र धनीले ३४ विगहा ११ कठ्ठा १÷२ धुर जग्गा ऋणीलाई फिर्ता गर्ने सहमति भएको छ । यस्तै अनुचित लेनदेनमा १४ वटा मुद्दा दर्ता भएको छ । त्यसमा ९ पुरुष र २ महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रबिन्द्र राज पाण्डेले बताएकाछन् ।

२०८० साल वैशाख १७ गते देखि माघ १४ गते सम्म जिल्ला प्रशासन सिरहामा १५ सय ५ उजुरीमा छलफल भएको थियो त्यसमध्ये ४ सय ६५ उजुरीमा मिलापत्र भएको हो । त्यसमा १५ करोड ९० लाख १३ हजार ८ सय ५४ रकम ऋणिले तिर्ने र धनीले ३२ बिगहा ६ कठ्ठा ५ धुर जमिन ऋणीलाई फिर्ता गर्ने सहमति भएको हो ।

त्यस्तै १३ वटा मुद्दा दर्ता भएको त्यसमा ८ पुरुष र २ महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।२०८० माघ १४ देखि फागुन मसान्त सम्म जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका प्रहरी यूनिट गरी २५३ उजुरीमा छलफल भएको त्यसमध्ये २७ उजुरीमा मिलापत्र भएको हो । त्यसमा ३ करोड ६० लाख ३७ हजार रकम धनिलाई तिर्ने र २ बिगहा ४ कठ्ठा १५.५ धुर जग्गा ऋणीलाई फिर्ता गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । त्यस्तै एउटा मुद्दा दर्ता भएको त्यसमा एक जना पुरुष पक्राउ परेको छ । १२ वटा उजुरी निस्कृय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय