काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) चन्द्रागिरि नगर समितिले आयोजना गरेको मसाल जुलुसमा ८ जना पक्राउ परेका छन् । नेपालको स्वीकृति विना नै नेपाली भूमि लिपुलेक पासहुँदै चीन र भारतले आफुखुशी द्विपक्षीय सीमा व्यापार नाका खोल्ने सहमतिविरुद्ध भएको मसाल जुलुस प्रदर्शनको क्रममा प्रहरीले क्रान्तिकारीका ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर कमिटीका अध्यक्ष गोपी सुर्खेती, पूर्वअध्यक्ष देवकृष्ण महर्जन, अनि पुनमगर, रोहन पुडासैनी, जनक ढुंगाना, सम्राट थापा, सानुकान्छा परियार र सुमित बस्नेत रहेका छन् ।

पक्राउ परेका आठै जनालाई बलम्बुस्थित प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय