काठमाडौं । धनगढी उपमहानगरपालिकाका विभिन्न होटलमा अनैतिक गतिविधिमा संलग्न भएको अभियोगमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।

सूचनाका आधारमा विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय