काठमाडौं । अन्तरिम सरकार गठन गर्ने तयारी तीव्र भइरहेका बेला प्रधानसेनापति अशोक राज सिग्देल शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। उनले राष्ट्रपतिसँग पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्ने उच्च स्रोतले जानकारी दिएको छ।जेन–जी आन्दोलनको दबाबपछि नयाँ राजनीतिक व्यवस्थाप्रति सहमति खोज्ने प्रयास भइरहेको छ। सो क्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने प्रारम्भिक सहमति बने पनि कानुनी जटिलता समाधान गर्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहानैदेखि कानुनविद्हरूसँग निरन्तर परामर्श गर्दै आएका छन्। संविधानको दायराभित्र रहँदै अन्तरिम सरकार गठन गर्ने उपायबारे छलफल भइरहेको बताइएको छ।शीतल निवासमा भइरहेको भेटवार्तालाई संवैधानिक र सुरक्षा दुवै पक्षबाट महत्त्वपूर्ण मानिएको छ। अन्तरिम सरकार गठनका लागि हुने अन्तिम सहमतिले आगामी दिनको राजनीतिक दिशानिर्देशन गर्ने अपेक्षा गरिएको छ।






