काठमाडौं । चलचित्र म्युजिकल हेयर र अमेरिकी टेलिभिजन श्रृंखला एभरवुडमा अभिनय गरेका अभिनेता ट्रिट विलियम्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ । भर्मन्टमा उनको मोटरसाइकललाई एसयूभीले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका विलियम्सलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । तर, अस्पताल पुगलगत्तै चिकित्सहरुले उनलाई मृत घोषणा गरेका थिए ।
विलियम्स स्टीफन सोन्डहेमको फोलिस र ग्रीसको मूल ब्रोडवे उत्पादनमा डैनी जुकोको भूमिकाले पनि परिचित थिए । अभिनेता विलियम्सले लगभग ५० वर्षको करियरमा १ सय ३० स्क्रिन क्रेडिटहरू रेकर्ड गरेका छन् । अभिनेता वेन्डेल पियर्सले सामाजिक सञ्जालमा विलियम्सलाई ‘उत्साही, रचनात्मक मानिस’ भनेर वर्णन गरेका छन् ।






