काठमाडौं । कर्नाटकविरुद्ध तेस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल शानदार विजयी भएको छ । घरेलु टोली कर्नाटकलाई आइतबार भएको खेलामा नेपालले १२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितका लागि २८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४० ओभर २ बलमा अलआउट हुँदै १६१ रनमा समेटिदा ठूलो अन्तरले हार व्यहोर्नु पर्यो । जितसँगै ५ खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २८१ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय