अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अनुसन्धान हुने भएको छ ।

ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा नतिजा उल्याउन खोजेको भन्दै चार वटा आरोपमा उनीविरुद्ध अनुसन्धान हुन लागेको हो । संघीय अभियोजनकर्ताहरूले डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध अभियोग पत्र दर्ता गरेका छन् । ट्रम्प बिहीबार अदालतमा उपस्थित हुनेछन् ।

अमेरिकामा कुनै पूर्वराष्ट्रपतिलाई चुनावी नतिजा उल्ट्याउन खोजेको भन्दै आपराधिक अभियोग लगाएर अदालतमा मुद्दा परेको यो पहिलो घटना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय